२०८३ बैशाख ८ गते मंगलवार
काठमाडौं । प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिले प्रतिनिधि सभाका १० विषयगत समितिको कार्यक्षेत्र छुट्टयाएको छ।
सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन तथा मूल्याङ्कन गरी आवश्यक निर्देशन वा परामर्श दिन प्रतिनिधि सभामा १० वटा विषयगत समितिहरू क्रियाशील छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली नेतृत्वको समितिले तयार पारेको नियमावलीको मस्यौदामा प्रतिनिधि सभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको कार्यक्षेत्र नियमावलीको मस्यौदामा छुट्याइएको हो।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij