Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

हर्क साम्पाङको कडा प्रहार: हप्तामै २–३ वटा काण्ड आउने गृहमन्त्रीले राजीनामा दिएकै राम्रो !

हर्क साम्पाङको कडा प्रहार: हप्तामै २–३ वटा काण्ड आउने गृहमन्त्रीले राजीनामा दिएकै राम्रो !


  • 232
    Shares

    हर्क साम्पाङको कडा प्रहार: हप्तामै २–३ वटा काण्ड आउने गृहमन्त्रीले राजीनामा दिएकै राम्रो !

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन्।  विवादमा मुछिएका गृहमन्त्री गुरुङबारे मंगलवार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले पदबाट राजीनामा दिँदा उपयुक्त हुने प्रतिक्रिया दिएका छन्। 

    गृहमन्त्रीबारे नयाँ नयाँ लफडाका कुराहरु सुनिने गरेकाले उनले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने आफ्नो सुझाव रहेको अध्यक्ष राईको भनाई थियो । उनले गृहमन्त्री गुरुङबारे नयाँ नयाँ प्रश्न उठ्नु राम्रो नभएको पनि पटकपटक बताएका छन्। 

    अध्यक्ष राईले भने, ‘त्यो विषय बस्तु त होइन । तर प्रश्न आइहाल्यो । प्रश्नबाट भाग्यो हर्क साम्पाङ भन्ने आउला । उहाँले जहिले जहिले पनि नयाँ नयाँ सुनिराखिन्छ । त्यस्तो नहुँदा राम्रो हुन्थ्यो । अव हप्तामा दुई तिन चोटि सुनिन्छ घरी के घरी के ? उहाँले मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु ।’  

    अध्यक्ष राईले सुशासन कायम गर्नेतर्फ केन्द्रित हुन सरकारलाई सचेत पनि गराएका छन्।   

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - १४:१७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij