Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

ट्रेड युनियन खारेज नगर्न विश्व ट्रेड युनियन महासंघद्वारा प्रधानमन्त्री शाहलाई पत्र

ट्रेड युनियन खारेज नगर्न विश्व ट्रेड युनियन महासंघद्वारा प्रधानमन्त्री शाहलाई पत्र


  • 337
    Shares

    ट्रेड युनियन खारेज नगर्न विश्व ट्रेड युनियन महासंघद्वारा प्रधानमन्त्री शाहलाई पत्र

    काठमाडौं । विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालका ट्रेड युनियन खारेज नगर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरेको छ ।

    संगठनले यही वैशाख ६ गते प्रधानमन्त्री बालेनलाई सम्बोधन गर्दै पत्र लेखेर नेपालका ट्रेड युनियन खारेज नगर्न भनेको छ ।

    महासंघका महासचिव जोला सापेथाले हस्ताक्षर गरेको पत्रमा यदि ट्रेड युनियन खारेज गरिएमा अन्तर्राष्ट्रिय कानुन तथा नेपालको संविधानको मर्मविपरीत हुने र कामदारहरूको संगठन बनाउने, संगठित हुने तथा सामूहिक सौदाबाजी गर्ने अधिकारमा प्रत्यक्ष आघात पुग्ने उल्लेख छ ।

    महासंघका अनुसार यस्तो निर्णयले सार्वजनिक प्रशासनको प्रभावकारिता कमजोर पार्नुका साथै सेवा प्रवाहमा प्रत्यक्ष असर पार्नेछ । यसले कामदारहरूको आवाज दबाउने, सस्तो श्रम र कमजोर पारिश्रमिकलाई प्रोत्साहन गर्ने खतरा हुने पनि उल्लेख गरिएको छ ।

    महासंघले नेपाल सरकारलाई कामदारहरूको संवैधानिक अधिकारको पूर्ण सम्मान गर्नुपर्ने, ट्रेड युनियनहरूसँग संवादमार्फत समाधान खोज्नुपर्ने र अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको पालना गर्न सुझाव समेत दिएको छ ।

    प्रधानमन्त्री बालेन साहलाई लेखिएको पत्रमा नेपालका सार्वजनिक सेवा क्षेत्रका कामदारहरूसँग ऐक्यबद्धता जनाउँदै नेपाल सरकारलाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरिएको छ ।

    WFTU-Letter-to-Balen-1.jpg

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - १४:१०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij