Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

के एउटै कानुन जुङ्गा हेरेर लागू हुन्छ ? : गृहमन्त्रीमाथि सुदन किरातीको कटाक्ष

के एउटै कानुन जुङ्गा हेरेर लागू हुन्छ ? : गृहमन्त्रीमाथि सुदन किरातीको कटाक्ष


  • 554
    Shares

    के एउटै कानुन जुङ्गा हेरेर लागू हुन्छ ? : गृहमन्त्रीमाथि सुदन किरातीको कटाक्ष

    काठमाडौं । पूर्वमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘राइट टु रिकल’को (जनप्रतिनिधि फिर्ता बोलाउने अधिकार) को दोहोरो मापदण्डमाथि कडा व्यङ्ग्य गर्दै गृहमन्त्रीको जुङ्गाको प्रश्न उठाएका छन्। 

    सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै किरातीले रास्वपाले चुनावमा निकै उचालेको यो नारा कसलाई लागु हुन्छ र कसलाई हुँदैन भन्दै पार्टीको नियतमाथि प्रश्न उठाएका हुन् ।

    किरातीले रास्वपाको वाचापत्रमा उल्लेख भएको र निर्वाचनमा जनतालाई बाँडिएको ‘राइट टु रिकल’को नारा कसलाई लागु हुन्छ र कसलाई हुँदैन भन्दै पार्टीको नियतमाथि शङ्का व्यक्त गरेका छन् । उनले मधेसी अनुहारका तत्कालीन श्रममन्त्री दीपककुमार साहलाई सास फेर्न पनि मौका नदिई बर्खास्त गरिएको प्रसङ्ग उप्काउँदै गृहमन्त्रीको हकमा उक्त नियम आकर्षित हुन्छ कि हुँदैन भनेर सोधेका छन् ।

    कानुन र नैतिकताको मापदण्ड व्यक्ति हेरेर लागु गरिएको भन्दै किरातीले व्यङ्ग्यात्मक शैलीमा गृहमन्त्रीको ‘जुङ्गा’को प्रसङ्ग ल्याएका छन् । उनले एउटै कानुन जुङ्गाअनुसार लागु हुन्छ कि हुँदैन भनेर प्रश्न गर्दै गृहमन्त्रीको जुङ्गा कत्रो छ, कति क्षेत्रमा फैलिएको छ र त्यसले कुन-कुन सिमानाहरू नाघेको छ भन्दै कडा कटाक्ष गरेका छन् । 

    मानिसहरूले प्रश्न उठाएजस्तै त्यो जुङ्गाको जरा कुन-कुन शक्तिसँग जोडिएको छ भन्ने कुराको जवाफ रास्वपाले दिनुपर्ने उनको भनाइ छ । यो देश आफ्नो पनि भएको हुनाले थप शङ्काको सुविधा प्राप्त नहोस् भनेर रास्वपालाई यी प्रश्नहरू गरेको किरातीले प्रस्ट पारेका छन् । 

    सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, रास्वपालाई मेरो प्रश्न !
    पार्टीको वाचापत्रमा उल्लेख भएको र निर्वाचनमा जनतालाई भनिएको ‘राइट टु रिकल’ भनेको के हो ? अनि यो कस-कसलाई लागू हुन्छ ? कस-कसलाई लागु हुँदैन ? लागू हुँदैन थियो भने मधेशी अनुहारका श्रम मन्त्री माननीय दिपक कुमार साहलाई सास फेर्न पनि मौका नदिई किन बर्खास्त गरियो ? अनि माननीय गृहमन्त्री सुदन गुरुङको बारेमा यो आकर्षित हुन्छ कि हुँदैन ? के एउटै कानुन जुङ्गा अनुसार लागु हुन्छ ? त्यसो भए गृहमन्त्रीको जुङ्गा कत्रो छ ? कति क्षेत्रमा फैलिएको छ ? र त्यसले कुन कुन सिमानाहरु नाघेको छ ? र मान्छेले  प्रश्न उठाए जस्तै कुन-कुन शक्तिसँग त्यो जुङ्गाको जरा जोडिएको छ ? थप शङ्काको सुविधा प्राप्त नहोस् भनेर मैले रास्वपालाई यो प्रश्नहरू गरेको हुँ ! किनकि "यो देश मेरो पनि होू"
    गुरुङ जी,

    लौन गर्नुपऱ्यो छानविनको माग, देखाउन पऱ्यो संस्कार र संस्कार बोक्ने नैतिकवान्  छाती नत्र त पुरानो र नयाँमा के भिन्नता ?

     

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - १४:०१:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij