Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

राजीनामा दिने तयारीमा गृहमन्त्री गुरुङ, प्रधानमन्त्री र सल्लाहकारसँग छलफल गर्दै !

राजीनामा दिने तयारीमा गृहमन्त्री गुरुङ, प्रधानमन्त्री र सल्लाहकारसँग छलफल गर्दै !


  • 323
    Shares

    राजीनामा दिने तयारीमा गृहमन्त्री गुरुङ, प्रधानमन्त्री र सल्लाहकारसँग छलफल गर्दै !

    काठमाडौं । गृहमन्त्री सुदन गुरुङले  विवादास्पद व्यक्तिसँग साँठगाँठको आरोप लागेका पछि राजीनामा दिने तयारी गरेका छन् । गुरुङ निकट स्रोतका अनुसार आफूमाथि नैतिक रुपमा प्रश्न उठेपछि उनले राजीनामा दिने तयारी गरेका हुन् । 

    धितोपत्र कारोबार सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्ट समूहको लगानी भएको लघुबीमा कम्पनीमा संस्थापक सेयर रहेको भेटिएपछि गुरुङ विवादमा तानिएका थिए ।

    विवादास्पद व्यक्तिसँग साँठगाँठको आरोप लागेका गृहमन्त्री सुदन गुरुङले राजीनामा दिने तयारी गरेका छन् । विवादित व्यक्तिको साझेदार भएको भन्दै प्रश्न उठेपछि गृहमन्त्री गुरुङमाथि निष्पक्ष छानविन गर्नुपर्ने चौतर्फी माग उठेको थियो । नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, एमाले लगायतका दलका शीर्ष नेताहरुले समेत गुरुङमाथि छानविनको माग गरेका थिए ।

    यसरी नैतिक रुपमै प्रश्न उठेपछि गुरुङ पदबाट राजीनामा दिन तयार रहेको स्रोतले बताएको छ । हाल गुरुङले राजीनामा दिने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र प्रमुख सल्लाहकारबीच छलफल गरिरहेको बताइएको छ । 

    ‘नैतिक रुपमा प्रश्न उठिसकेपछि राजीनामा दिन तयार छु ।’, गृहमन्त्री गुरुङको भनाइलाई उदृत गर्दै स्रोतले भन्यो, ‘राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्छु । निष्पक्ष छानविन होस् ।’

    यद्यपि, उक्त विषयमा गृहमन्त्री गुरुङले सोमबार नै सामाजिक सञ्जाल (फेसबुक) मार्फत स्पष्टीकरण दिइसकेका छन् । उनले आफूले सेयरमा लगानी गरेको स्वीकार्दै उक्त लगानीको स्रोत ऋण भएको बताएका थिए । 

     

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - १३:०८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij