Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा


  • 687
    Shares

    नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

    काठमाडौं । नेपालगञ्ज उमहानगरपालिका-२ स्थित हनुमानगढीमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण जारी छ ।

    सो मूर्तिको लागत १४ करोड ४ लाख ६३ हजार रहेको उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्माले जानकारी दिएका छन् । यसका पहिलोपटक २०७९ चैत ३ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सुरुआताको अवधि २०८१ चैत २ गतेसम्म रहेकामा अहिले समयावधि थपेर २०८३ असोज ३० गतेसम्म लम्ब्याइएको छ ।

    मूर्ति निर्माण गर्ने कालीगढ दिलवीर सुनार सेन्चुरीले हनुमान मन्दिरको निर्माण ९० प्रतिशत सम्पन्न भइसकेको उल्लेख गरेका छन् । अबको डेढ महिनामा मूर्ति हस्तान्तरण गर्ने उनको भनाइ छ ।

    नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले भारतको अयोध्यामा अत्याधुनिक राम मन्दिर बनेपछि राम र हनुमानको सम्बन्धलाई एकाकार गर्दै अयोध्यासँग नेपालगन्जलाई जोडने उद्देश्यका साथ हनुमानको मूर्ति निर्माण भइरहेको जानकारी दिएका छन् ।

    यसले नेपालगञ्जको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने नगर प्रमुख विष्टको विश्वास छ । उनले अयोध्यासँगको जोड्ने सके धार्मिक पर्यटनमा टेवा पुग्ने उल्लेख गरेका छन् । 

    हनुमानगढीका थानापति महन्थ उमेश गिरीले यस पवित्र स्थानमा भौतिक संरचनाको विकास भएकोमा खुसी व्यक्त गर्दै त्रेता युगमा श्रीराम हनुमानजीको अनन्य भक्त भएर अधर्मको नाश गरेको बताएका छन्। 

    ऋषिमुनिको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको स्थानका रूपमा रहेकाले हनुमानगढीको महिमा झन बढेको महन्त गिरीको भनाइ छ । हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका सचिव विश्वराज तिवारीले धार्मिक क्षेत्रमा हनुमानगढीको गरिमा बढ्दै जाँदा यसले धार्मिक पर्यटनमा टेवा पुगेको उल्लेख गरेका छन् । 

    नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको १०८ फिट अग्लो हनुमानको सो मूर्तिको फाउन्डेसन र प्लेटफर्मको काम सकिएपछि अहिले धमाधम मूर्ति निर्माणको काम भइरहेको छ । यस स्थानमा बर्सेनि हनुमान जयन्तीमा उत्सव हुने गर्छ ।  

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - १३:०७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij