Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता


  • 757
    Shares

    परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता

    काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री ए. पाउल कपुरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

    सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटघाटमा दुई देशबिचको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताएका छन् ।

    दुई पक्षीय भेटघाटमा नेपाल-अमेरिकाबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य बढाउँदै आर्थिक सम्बन्धलाई थप फराकिलो बनाउने विषयमा छलफल भएको बताइएको छ ।

    दुई देशको हितका क्षेत्रमा थप सहकार्य गर्ने तथा आर्थिक साझेदारीका अवसरहरू खोजी गर्ने प्रतिबद्धता दुवै जनाले गरेको मन्त्रालयले जनाएको छ । नेपाल र अमेरिकाबिचको लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई आर्थिक विकासको आधारसँग जोडेर अघि बढाउने विषयमा भएको यस खालको छलफललाई निरन्तरता दिने कुराकानी भएको बताइएको छ ।

    तीन दिनका लागि नेपाल भ्रमणमा हिजो नेपाल आइपुगेका मन्त्री कपुरले हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली उद्योगपतिहरुसँग छलफल गरेका थिए । 

    आज कपुरले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।   

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - ११:४३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij