Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

मौसम पूर्वानुमान

आगामी ३ दिन तराईमा अत्यधिक गर्मी, यस्तो छ महाशाखाको सुझाब

आगामी ३ दिन तराईमा अत्यधिक गर्मी, यस्तो छ महाशाखाको सुझाब


  • 512
    Shares

    आगामी ३ दिन तराईमा अत्यधिक गर्मी, यस्तो छ महाशाखाको सुझाब

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन तराईमा अत्यधिक गर्मी हुने सम्भावना देखिएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ। 

    मौसम महाशाखाले सोमबार तातो दिन तथा तातो लहरसम्बन्धी बुलेटिन–१ जारी गरी मधेस प्रदेशसहित अन्य प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा यसभन्दा पनि माथि पुग्ने भएकाले यसबाट स्वास्थ्यमा असर पर्न सक्ने चेतावनी दिएको हो। 

    'देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी तथा मधेस प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेशका तराईका केही स्थानहरूमा ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ, विशेष बुलेटिनमा भनिएको छ,' लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा आगामी ३ दिनसम्म मध्यम तातो लहर (हिट वेभ)  को सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।'

    तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न निम्न उपाय अपनाउनु हुन अनुरोध छ।

    तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने , चर्को घाममा  बाहिर ननिस्किने, हल्का लुगा (सुतीको कपडा) लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध छ।

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - ०६:२९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij