Logo

२०८३ बैशाख ९ गते बुधवार

२०८३ बैशाख ९ गते बुधवार

कर्णाली नदीमा बेपत्ता बुवा–छोराको शव भेटियो

कर्णाली नदीमा बेपत्ता बुवा–छोराको शव भेटियो


  • 820
    Shares

    कर्णाली नदीमा बेपत्ता बुवा–छोराको शव भेटियो

    काठमाडौं ।   कर्णाली नदीमा बेपत्ता भएका बुवा–छोराको शव भेटिएको छ । प्रहरीका अनुसार नदीमा बेपत्ता तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको शव भेटिएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले उनीहरुको शव तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानको बल्दे नजिकै भेटिएको बताए ।

    उनकाअनुसार बुवाको शव डुबेको स्थानदेखि पाँच सय मिटर तल र छोराको शव एक किलोमिटरको दूरीमा भेटिएको हो । दुवैजना ३ वैशाखमा कर्णालीमा डुङ्गा पल्टिँदा बेपत्ता भएका थिए ।

    उनीहरुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको संयुक्त टोली खटिएको थियो ।

    images
    प्रकाशित मिति :बैशाख ७ २०८३ सोमवार - ११:३३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij