Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

गृहमन्त्री सुधन गुरुङ राति नै पार्टी सभापति भेट्न पुगे, पार्टीभित्र राजीनामाको दबाब तीव्र

गृहमन्त्री सुधन गुरुङ राति नै पार्टी सभापति भेट्न पुगे, पार्टीभित्र राजीनामाको दबाब तीव्र


  • 1.4K
    Shares

    गृहमन्त्री सुधन गुरुङ राति नै पार्टी सभापति भेट्न पुगे, पार्टीभित्र राजीनामाको दबाब तीव्र

    काठमाडौं ।  सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा प्रत्यक्ष साझेदारी भेटिएका गृहमन्त्री सुधन गुरुङ आइतबार राति रास्वपा सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् ।

    भट्टसम्बद्ध स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात आइतबार सार्वजनिक भएको थियोे । अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैँ साझेदार हुँदा अनुसन्धान प्रभावित हुने भनी उनले राजीनामा दिनुपर्ने माग सत्तारूढ रास्वपामा उठ्न थालेको छ ।

    राजीनामाको दबाब बढेपछि मन्त्री गुरुङ बूूढानीलकण्ठस्थित लामिछाने निवासमा पुगेका हुन् । बेलुकी ८ बजेपछि पुगेका उनी राति १० बजेको हाराहारीमा निस्किएको सुरक्षास्रोतले जनाएको छ । गुरुङ लामिछानेको घर पुग्दा परिवारका सदस्य र पार्टीका कोही पनि सहकर्मी थिएनन् ।

    रास्वपास्रोतका अनुसार गुरुङले प्रधानमन्त्री बालेन्द्र साह र लामिछानेबीच फोन संवाद गराउँदै राजीनामाको दबाब मत्थर पार्ने प्रयास गरेका थिए । सभापति लामिछानेले सोमबार पनि पार्टीको बैठक जारी रहेको र आफ्नो कुरा बैठकमै राख्न सकिने भनेको स्रोतले जनाएको छ ।

    images
    प्रकाशित मिति :बैशाख ७ २०८३ सोमवार - १०:३८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij