Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

सत्याग्रही धर्मेन्द्रकुमार कर्णद्वारा आमरण अनसनको घोषणाः सरकारलाई ५ बुँदे माग पेश

सत्याग्रही धर्मेन्द्रकुमार कर्णद्वारा आमरण अनसनको घोषणाः सरकारलाई ५ बुँदे माग पेश


  • 596
    Shares

    सत्याग्रही धर्मेन्द्रकुमार कर्णद्वारा आमरण अनसनको घोषणाः सरकारलाई ५ बुँदे माग पेश

    काठमाडौं । जनकपुरधामका अभियन्ता तथा सत्याग्रही धर्मेन्द्रकुमार कर्णले आमरण अनसनको घोषणा गरेका छन् । अर्थतन्त्रको लागत घटाउने र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने आफ्नो प्रश्तावमा सरकारले कुनै चासो नदेखाएको भन्दै उनले आमरण अनसनको घोषणा गरेका हुन् । 

    उनले प्रधानमन्त्री बालेन्द्र साह र मुख्यमन्त्री कृष्ण प्रसादयादव समक्ष आफ्नो गुनासो राखेको तर सुनुवाइ नभएको दाबी गरेका छन् । माध्यमिक क्षेत्रमा गुणस्तरीय शिक्षाको सुनिश्चितता प्रवद्र्धन गर्ने र शिक्षा क्षेत्रको लागत घटाउने शिक्षण विधिको प्रचलनका लागि आम जनताको तर्फबाट गरिएको अर्थतन्त्रको लागत घटाउने प्रश्तावमा चासो नदिने कारणबारे मुख्यमन्त्री कृष्णप्रसाद यादवले सार्वजनिक रूपमा जवाफ दिनुपर्ने उनको भनाइ छ । 

    संघीय सरकारले निजी तवरबाट गरिएको लागत घटाउने यो प्रयासमा उत्पन्न बाधा तत्काल हटाउनुपर्ने, भ्रष्टाचार विरोधी अभियन्ताको रूपमा स्थापित मौजुदा संघीय सरकारले नेपाल वान टेलिभिजनको सञ्चालनमा नीतिगत भ्रष्टाचार सम्बन्धी निर्णय गरी भ्रष्टाचार गर्ने प्रधानमन्त्री र सञ्चार मन्त्री लगायतका संलग्न पदाधिकारीको छानबिन र कारबाही गरी क्षतिपूर्ति दिलाउनुपर्ने, जिम्मेवार जनप्रतिनिधिहरू समक्ष आम जनताको तर्फबाट गरिने औपचारिक अनौपचारिक आग्रह, गुनासो, दुखेसो र निवेदन उपर पहिलो प्रतिक्रिया ४८ घण्टा भित्र सुनिश्चित गर्ने प्रावधान गर्ने गराउने उनले माग गरेका छन् । 

    जानकी मन्दिर लगायत विभिन्न मठ मन्दिरका न्यायपूर्ण रूपमा जग्गा दर्ता हुन बाँकी रहेकाहरूको हकमा तत्काल रोक्का आदेश खारेज गर्नुपर्ने र नगर क्षेत्रमा रहेका सा-साना टुक्रा र टुक्रिदै जाने जग्गाको वित्तीय तरलता अभिवृद्धि गर्न समकालीन वित्तीय व्यवस्थापनका लागि तत्काल पहल अगाडि बढाउन उनले माग गरेका छन् । 

    सत्याग्रही कर्णले जानकी मन्दिर लगायतका मठ मन्दिरको जग्गा दर्ताका विषयमा रहेको कानूनी अड्चन फुकाउन र वित्तीय तरलता अभिवृद्धि गर्न समेत माग गरेका छन् । हाल जनकपुर-१० स्थित आफ्नो कार्यस्थलबाटै उनले आन्दोलनको तयारी शुरु गर्ने जानकारी दिएका छन् ।

    सरकारले आफ्ना मागहरू छिटो सुनुवाइ नगरे अनसनका क्रममा हुने कुनै पनि अप्रिय घटनाको जिम्मेवारी सरकारले नै लिनुपर्ने उनको चेतावनी छ ।

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १७:४४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij