Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

बोलपत्र ह्याकिङ सञ्जालको खोजीमा सीआईबी: पीपीएमओ कर्मचारीमाथि पनि अनुसन्धान सुरु

बोलपत्र ह्याकिङ सञ्जालको खोजीमा सीआईबी: पीपीएमओ कर्मचारीमाथि पनि अनुसन्धान सुरु


  • 743
    Shares

    बोलपत्र ह्याकिङ सञ्जालको खोजीमा सीआईबी: पीपीएमओ कर्मचारीमाथि पनि अनुसन्धान सुरु

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को वेबसाइट ह्याक गरेर प्रणालीमाथि नै छेडखानी गरेको आरोपमा पक्राउ परेका ६ जनाको विवरण सीआईबीले सार्वजनिक गरेको छ । 

    पक्राउ परेका व्यक्तिहरूको पृष्ठभूमि हेर्दा गिरोहमा प्राविधिक ज्ञान भएका व्यक्तिदेखि व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूको समेत संलग्नता देखिएको छ ।

    पक्राउ पर्नेहरूमा धनकुटा पाख्रिबासका दिवाकर देउजा, बझाङ दुर्गाथलीका भरत धामी, तनहुँ बन्दीपुरका संजय भट्ट, काठमाडौंको बानेश्वरका भाष्करराज अर्याल, मकवानपुरका सागर कटुवाल र सुनसरी दुहबीका जीवन कुमार दास थिए । 

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीका अनुसार उल्लेखित ६ जनालाई पक्राउ गर्न मात्रै झण्डै एक महिना लागेको बताएका छन् । ह्याकिङको आरोपमा सबैभन्दा पहिले दिवाकर देउजा फागुन २८ गते नै पक्राउ परेका थिए । सरकारी कर्मचारी रहेका उनी पाँच वर्षअघि नेपाल टेलिकमको सिस्टम ह्याक गरेको आरोपमा समेत पक्राउ परेर छुटेका व्यक्ति हुन् । 

    अन्तिमपटक चैत २३ गते सीआईबी र साइबर ब्युरोको टोलीले जीवन कुमार दासलाई पक्राउ गरेको एक सातापछि यो विवरण सार्वजनिक गरेको थियो । 

    यो प्रकरणमा पक्राउ परेका सागर कटुवाल मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुन् । उनीभन्दा सीआइबीले चार ठुला ठेक्का ह्याक गरी कब्जा गरेको प्रकरणमा केही निर्माण व्यवसायीलाई पक्राउ गरिसकेको थियो ।

    यो विषयमा कैयौँ ठेकेदार कम्पनीको संलग्नता देखिएको भए पनि अनुसन्धानकै क्रममा रहेका र अहिले नै विवरण सार्वजनिक गर्दा असर गर्ने भएकोले एआईजी डा. केसी बताएका छन् ।   

     

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १५:३३:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij