Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह

राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह


  • 981
    Shares

    राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह

    काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद् ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबिच शिष्टाचार भेटवार्ता भएको छ।

    अन्तर व्यवस्थापिका सङ्घको १५२ औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहेका अध्यक्ष दाहालले टर्कीको संसद्का सभामुख नुमान कुर्तुल्मुस सँग शिष्टाचार भेट गरेका हुन् ।

    भेटमा दुई देशबिचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको थियो । द्विपक्षीय भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत दुई देश बिचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनु पर्ने उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीय मैत्री समूह गठनका लागि आफूहरू आतुर रहेको बताएका छन्।

    दुई देशबिचको कूटनीतिक सम्बन्ध ६ दशकदेखि नै सौहार्द र आपसी सम्मानमा आधारित रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालमै टर्कीको दूतावास स्थापना गर्न आग्रह गरेका छन् ।

    अहिले टर्कीसँग जोडिएका सबै काम गर्न नेपालीहरू दिल्ली धाउनुपर्ने स्थिति रहेको भन्दै अध्यक्ष दाहालले नेपाल र टर्कीबिच श्रम सम्झौता गर्नुका साथै नेपालमै टर्किस दूतावास स्थापना भए दुई देशबिचको सहकार्यमा थप सहज हुने विश्वास व्यक्त गरेका छन् ।

    टर्की र नेपालबिच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन आफूहरू सदैव तत्पर रहेको उल्लेख गर्दै सभामुख नुमानले नेपालमा टर्किस दूतावास खोल्न सकारात्मक रहेको बताएका छन् । 

    टर्किस सरकारले नेपालका लागि सीमित कोटाको शैक्षिक छात्रवृत्तिको व्यवस्था गरेको उल्लेख गर्दै उनले छात्रवृत्तिको कोटा वृद्धि गर्ने र दुई देशबिचको व्यापार पनि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।   

     

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १२:०२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij