Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

प्रधानमन्त्रीको फोन उठाउन छुट्टै सेट, छुट्टै सिम !

प्रधानमन्त्रीको फोन उठाउन छुट्टै सेट, छुट्टै सिम !


  • 722
    Shares

    प्रधानमन्त्रीको फोन उठाउन छुट्टै सेट, छुट्टै सिम !

    काठमाडौं ।  के तपाईंलाई अहिलेका मन्त्रीहरूले प्रयोग गर्ने सबै फोन नम्बरहरू थाहा छ ? थाहा हुने कुरै भएन । किनभने उनीहरूसँग सार्वजनिक प्रयोगको नम्बरबाहेक पनि अर्को नम्बर छ, जुन कसैलाई बताउँदैनन् ।

    यस्तो नम्बर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनीहरूबिच सम्पर्कका लागि मात्र प्रयोग हुन्छ । जुन नम्बरबारे परिवार, आफन्तलगायत कसैलाई पनि जानकारी हुँदैन ।

    उनीहरूसँग मोबाइल सेट पनि भिन्नै छ । उनीहरूले अतिरिक्त बोक्ने सेट आइफोनको पछिल्लो संस्करण हो । जसको नेपाली बजार मूल्य करिब एक लाख ८० हजार पर्दछ । हरेक कुरामा फरक शैली अपनाउन खोज्ने प्रधानमन्त्री शाहले यस्तो प्रयोग लागू गरेका हुन् । उनको निर्देशनअनुसार प्रधानमन्त्री कार्यालयले सबै मन्त्रीहरूलाई नयाँ मोबाइल सेट र सिम किनिदिएको स्रोतको भनाइ छ ।

    डिजिटल सूचना प्रविधि र गोपनीयतामा हेक्का राख्न खोज्ने प्रधानमन्त्री शाहले काठमाडौँ महानगरको प्रमुख रहँदा पनि यस्तो नियम बसाउन सुरु गरेका थिए ।

    विशेष स्रोतका अनुसार प्रधानमन्त्री शाहले कुनै पनि मन्त्रीका अरू कुनै सार्वजनिक नम्बरमा फोन गर्दैनन् र गोप्य नम्बरबाहेकका फोन उठाउँदैनन् पनि । सुरक्षा संवेदनशीलता, गोपनीयता र छिटोछरितो सम्पर्कका लागि यस्तो प्रयोग गरिएको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ ।

    सार्वजनिक नम्बर प्रयोग गर्दा मन्त्रीहरूका गोप्य कुराकानी सार्वजनिक हुने, विवादास्पद अभिव्यक्तिहरू रेकर्ड हुने जस्ता घटनाहरू बारम्बार दोहोरिने गरेका सन्दर्भमा प्रधानमन्त्री शाहले यस्तो शैली अपनाएको दाबी छ ।

    विगतमा तत्कालीन माओवादी नेता कृष्णबहादुर महरा, पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालगायतका विवादास्पद टेप रेकर्ड सार्वजनिक भएका थिए । जसका कारण कैयौँ मन्त्री र सांसदहरूले राजीनामा दिनुपरेको थियो । अघिल्लो संसद्‌मा राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि उनको पद गएको थियो ।

    त्यसै पनि सार्वजनिक अभिव्यक्ति र सहज पहुँचबाट टाढा रहने बालेनले मन्त्रीहरूसँग पनि आवश्यक परे मात्र गोप्य नम्बरमा सम्पर्क गर्दछन् । उनी आफ्नो पार्टीका सबै नेताहरूसँग पनि सजिलै प्रस्तुत हुँदैनन् । आवश्यक पर्दा पार्टी सभापति रवि लामिछाने, सभामुख डोलप्रसाद अर्याल र अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग मात्र बढी प्रस्तुत हुन्छन् ।

    प्रधानमन्त्रीसँग मात्र कुराकानी गर्न अतिरिक्त सेट र सिम बोक्नु परेपछि कैयौँ मन्त्री सशङ्कित बनेका छन् । अप्ठ्यारो महसुस गरे पनि उनीहरू असन्तुष्टि र फोन नम्बर दुवै सार्वजनिक गर्दैनन् ।

    ‘तपाईंसँग अर्को नम्बर पनि छ नि ! कति हो ?’ यो प्रश्नको जवाफमा एक मन्त्री भन्छन्, ‘त्यो त बताउन मिल्दैन, नम्बर पनि दिन मिल्दैन ।’ तर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भने छुट्टै सिम र सेटको व्यवस्थाबारे थाहा नभएको बताइन् । उनले भनिन्, ‘बल्ल सुन्दै छु । यसबारे मलाई थाहा छैन ।’
     

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १८:४८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij