२०८३ बैशाख ४ गते शुक्रवार
काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै नेपाली कांग्रेसका नेता दीपक खड्का त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।
गत चैत १५ गते काठमाडौंबाट पक्राउ परेका उनलाई सर्वोच्च अदालतले बिहीबार थुनामुक्त गर्न आदेश दिएको थियो। पक्राउ परेको भोलिपल्ट बिरामी भन्दै त्रिवि शिक्षण अस्पतालमा बसेका उनी शुक्रबार डिस्चार्ज भएका हुन्।
सर्वोच्चका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार खड्काको पक्षमा आदेश दिएपछि उनी हिरासत मुक्त भइसकेका छन् । अब उनी अस्पतालबाट पनि डिस्चार्ज भएका छन् ।
यसअघि खड्काको तर्फबाट श्रीमती बिनिता थापाले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएसँगै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij