Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

पशुपति क्षेत्रका अनधिकृत संरचनामा महानगरले चलायो डोजर

पशुपति क्षेत्रका अनधिकृत संरचनामा महानगरले चलायो डोजर


  • 148
    Shares

    पशुपति क्षेत्रका अनधिकृत संरचनामा महानगरले चलायो डोजर

    काठमाडौं । काठमाडौं महानगरले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनधिकृत रुपमा बनाइएका संरचनामाथि डोजर चलाएको छ ।

    महानगरले शुक्रबार गौशाला, तिलगंगा र पशुपति क्षेत्रभित्र कोषको जग्गामा बनाइएका त्यस्ता संरचनामा डोजर चलाएको हो । सो क्रममा कोषको जग्गामा बनाइएका ५ वटा टहरा हटाइएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले जानकारी दिएका छन् ।  

    उनले कोषबाट अनुरोध भएअनुसार नै अनधिकृत संरचना हटाइएको बताएका छन् । केहि समयअघि निर्वाचन र आचारसंहिताका कारण अनुगमनका साथै अनधिकृत संरचना हटाउने कार्य रोकिएकोमा अब भने तीव्रताका साथ काम अघि बढ्ने उनको भनाइ छ ।  

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १६:२७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij