Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

काठमाडौं प्रहरीको नयाँ प्रयास: फाइल ट्रयाकिङ्ग मार्फत सेवाग्राहीसँग निरन्तर संवाद

काठमाडौं प्रहरीको नयाँ प्रयास: फाइल ट्रयाकिङ्ग मार्फत सेवाग्राहीसँग निरन्तर संवाद


  • 162
    Shares

    काठमाडौं प्रहरीको नयाँ प्रयास: फाइल ट्रयाकिङ्ग मार्फत सेवाग्राहीसँग निरन्तर संवाद

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले ६ महिना पहिलेदेखि नै फाइल ट्रयाटिङ्ग सिस्टम लागू गरिएको जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले २०८२ असोजपछि फोन, म्यासेज र इमेलमार्फत फाइल ट्रयाकिङ्ग गरिएको बताएका छन् ।

    फाइल ट्रयाकिङ्ग सिस्टम डेभलप गरेर ३० हजार ६ सय पटक फोन सम्पर्क, १७ सय म्यासेज र १५ सय ५० पटक इमेल गरेर उजुरकर्तासँग सम्पर्क स्थापित गरिएको बताएका छन् । 

    बैङ्किङ कसुर, बकपत्र, चालचलन, मानिस हराएको निवेदन, शान्ति सुरक्षा र घरेलु हिंसा जस्ता समस्याको जुरीमा फाइल ट्रयाकिङ्ग सिस्टम विकाश गरिएको भट्टराईले बताएका छन् । 

    क्युआर मार्फत गुनासो र सुझाव संकलन गर्न लागिएको उनले जानकारी दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँमा ६ महिनामा ८३ हजार ५४० जना सेवाग्राहीले सेवा लिएका छन् । सेवाग्राहीका लागी सहजीकरण गर्न नागरिक सहजकर्ता परिचालन गरिएको भट्टराईले बताएका छन् ।   

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १६:२१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij