Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

जन्मजात बोल्न नसक्ने नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

जन्मजात बोल्न नसक्ने नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ


  • 715
    Shares

    जन्मजात बोल्न नसक्ने नाबालिका बलात्कारको आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

    काठमाडौं । १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा धनकुटामा एक ४२ वर्षीय पुरुष पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका-६ गुठका ४२ वर्षीय धनबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षत्रीका अनुसार घटनापछि पीडित पक्षले उजुरी दर्ता गराएको थियो । सोही उजुरीका आधारमा प्रहरीले आरोपित गिरीलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार पीडित बालिका जन्मजात बोल्न नसक्ने छन् । घरमा कोही नभएको मौका पारेर आरोपितले जबरजस्ती गरेको आरोप छ ।

    पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

     

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १५:०७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij