Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

लेखा समिति सभापति खड्काको प्रतिबद्धता : आर्थिक सुशासन र वित्तीय अनुशासन कायम गर्ने

लेखा समिति सभापति खड्काको प्रतिबद्धता : आर्थिक सुशासन र वित्तीय अनुशासन कायम गर्ने


  • 603
    Shares

    लेखा समिति सभापति खड्काको प्रतिबद्धता :  आर्थिक सुशासन र वित्तीय अनुशासन कायम गर्ने

    काठमाडौं । नवनिर्वाचित सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले आर्थिक सुशासन र वित्तीय अनुशासनलाई आफ्नो कार्यकालको प्रमुख एजेण्डा बनाउने स्पष्ट पारेका छन्।

    सभापति खड्काले विगतमा देखिएका केही विसंगतिहरू अब दोहोरिन नदिने प्रतिवद्धता जनाउँदै संघदेखि स्थानीय तहसम्म व्यापक सुधार आवश्यक रहेको औंल्याका छन्। विभिन्न सरकारी निकायहरूमा पारदर्शिता, जवाफदेहिता र अनुशासन कायम गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि समिति सक्रिय रूपमा लाग्ने बताएका छन् ।

     खड्काले भने, ‘आर्थिक सुशासन र वित्तिय अनुशासन कायम राख्नेगरी म लेखा समितिलाई अघि बढाउनेछु । विगतका केही विसंगति छन् । अब ती दोहोरिने छैनन् । अहिलेको मुुलुकको माग भनेको आर्थिक अनुशासन, वित्तीय सुशासन हो । यो कायम नगरी मुलुक अघि बढ्दैन र सुशासनको अनुभुति पनि हुँदैन । कुनैपनि मुलुकको विकास त्यो देशमा आर्थिक अनुशासन छ की छैन भन्ने कुराले त्यो देशको आर्थिक विकासलाई निर्धारण गर्छ । त्यसैले अब हामीले अब सुशासनको अनूभुति दिलाउने हो भने पहिलो सुधार संघदेखि लिएर स्थानीय तहसम्म गर्नुपर्छ । विभिन्न निकायहरुमा आर्थिक अनुशासन र वित्तिय सुशासन कायम गर्नुपर्छ । यसको अर्को विकल्प छैन । मैले यो कुरालाई प्रमुख एजेण्डाका रुपमा लिएको छु ।’

    उनका अनुसार आर्थिक अनुशासन र वित्तीय सुशासन कायम गर्नुको कुनै विकल्प छैन र यही आधारमा मुलुकको दिगो विकास सम्भव हुने धारणा व्यक्त गरेका छन् । साथै, नागरिकले प्रत्यक्ष रूपमा सुशासनको अनुभुति गर्ने वातावरण सिर्जना गर्न आफूले प्राथमिकता दिने पनि उनको भनाइ छ ।   

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १४:५२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij