२०८३ बैशाख ४ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादबारे परेको रिटमा सर्वोच्च अदालतमा बिहीबारदेखि सर्वोच्च अदालतमा बहस भइरहेको छ । बिहीबारबाट भइरहेको बहसमा आज विपक्षीको बहस गर्ने पालो छ ।
तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको छ ।
आफूहरू विरुद्ध परेको रिटमा बहस गर्न कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल सर्वोच्च अदालतमा पुगेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij