Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

निजी विद्यालय सञ्चालकहरूले भने- वैशाखको शुल्क तिर्नुपर्छ, भ्रामक हल्लाको पछि नलागौं

निजी विद्यालय सञ्चालकहरूले भने- वैशाखको शुल्क तिर्नुपर्छ, भ्रामक हल्लाको पछि नलागौं


  • 526
    Shares

    निजी विद्यालय सञ्चालकहरूले भने- वैशाखको शुल्क तिर्नुपर्छ, भ्रामक हल्लाको पछि नलागौं

    काठमाडौं । निजी विद्यालय सञ्चालकहरूका चारवटा छाता संगठनले वैशाख महिनामा लाग्ने विद्यालय शुल्क अनिवार्य रूपमा बुझाउनुपर्ने बताएका छन् । 

    सामाजिक सञ्जाल र केही सञ्चार माध्यमहरूमा वैशाखको शुल्क तिर्नु पर्दैन वा निःशुल्क हुन्छु भनी भइरहेका प्रचारहरू भ्रामक र निराधार रहेको भन्दै सञ्चालकहरूले शुक्रबार एक विज्ञप्तिमार्फत यस्तो बताएका हुन् । 

    प्याब्सन, एन-प्याब्सन, हिसान र एपेनले एक संयुक्त विज्ञप्ति जारी गर्दै तथ्यहीन सूचनाको भ्रममा नपर्न अभिभावक तथा सरोकारवालाहरूलाई आग्रह गरेको छ । 

    निजी विद्यालयहरू नेपाल सरकारबाट विधिवत् अनुमति प्राप्त गरी शिक्षा ऐन, नियमावली र स्थानीय तहले जारी गरेका कानुनको दायराभित्र रहेर सञ्चालन भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

    शुल्कको संरचनाबारे प्रष्ट पार्दै विज्ञप्तिमा भनिएको छ, भर्ना शुल्क (एक महिनाको पढाइ शुल्क बराबर), मासिक पढाइ शुल्क (१२ महिना) र वार्षिक शुल्क (दोब्बर महिनाको पढाइ शुल्क बराबर) का साथै कानुनले तोकेका अन्य शुल्कहरू लाग्नेछन् । यसबाहेक भोजन, यातायात र विशेष प्रशिक्षण जस्ता अतिरिक्त सेवा लिएको खण्डमा त्यसको छुट्टै शुल्क बुझाउनुपर्नेछ ।

    निजी विद्यालयहरू कुनै सरकारी अनुदान वा दातृ निकायको सहयोग बिना सञ्चालन हुने भएकाले शिक्षक–कर्मचारीको पारिश्रमिक र भौतिक पूर्वाधारको दायित्व शुल्कबाटै धान्नुपर्ने बाध्यता सञ्चालकहरूले सुनाएका छन् ।

    वैशाख महिनामा लाग्ने शुल्कहरू यथावत रहनेछन्, विज्ञप्तिमा भनिएको छ, कुनै शुल्क तिर्नु पर्दैन भन्ने जस्ता भ्रामक प्रचारको भ्रममा नपर्न हामी अभिभावकज्यूहरूलाई आग्रह गर्दछौँ ।

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १४:१३:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij