२०८३ बैशाख ४ गते शुक्रवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापतिमा निर्विरोध भएका छन् ।
खड्काको प्रस्तावक मोहन आचार्य र समर्थक जनकराज गिरी थिए । बिहीबार संघीय संसद् सचिवालयले उम्मेदवारी मनोनयन दर्ताका लागि तोकेको समयमा उनको मात्रै उम्मेदवारी परेको थियो ।
शुक्रबार बसेको समिति बैठकमा उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका सदस्य सांसद योगेश गौचन थकालीले बताए।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दललाई सघाउने निर्णय गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको समितिमा बहुमत रहेको र विपक्षी दलहरूको समर्थन लेखा समिति सभापतिमा कांग्रेसलाई रहेकाले उनी निर्विरोध भएका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij