Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

त्रिविद्वारा अतिक्रमित जग्गा खाली गराउन ३५ दिने सार्वजनिक सूचना जारी

त्रिविद्वारा अतिक्रमित जग्गा खाली गराउन ३५ दिने सार्वजनिक सूचना जारी


  • 372
    Shares

    त्रिविद्वारा अतिक्रमित जग्गा खाली गराउन ३५ दिने सार्वजनिक सूचना जारी

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्ति अनधिकृत रूपमा कब्जा गर्ने व्यक्ति, संस्था र कम्पनीहरूलाई ३५ दिनभित्र ती सम्पत्ति फिर्ता गर्न अल्टिमेटम दिएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै त्रिविले यस्तो अल्टिमेटम दिएको हो ।  

    ‘त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति-२०८१’ ले तयार पारेको प्रतिवेदनले विश्वविद्यालयका विभिन्न स्थानमा रहेका जग्गा र सम्पत्तिहरू प्रचलित कानुन र विश्वविद्यालयको ऐन-नियम विपरीत कब्जा गरिएको तथ्य फेला पारेपछि यो कदम चालिएको हो ।

    त्रिवि प्रशासन महाशाखाद्वारा जारी सूचनामा भनिएको छ, नेपाल सरकार र विभिन्न दाताहरूले विश्वविद्यालयको शैक्षिक उन्नयनका लागि उपलब्ध गराएका जग्गा तथा अचल सम्पत्तिहरू (प्रतिवेदनमा उल्लेख भएका वा नभएका) यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खाली गरीरगराई आधिकारिक रूपमा विश्वविद्यालयलाई फिर्ता गर्नुपर्नेछ ।

    विश्वविद्यालयले तोकिएको समयसीमाभित्र जग्गा फिर्ता नगरेमा प्रचलित कानुन र नियम अनुसार कारबाही अगाडि बढाइने समेत स्पष्ट पारेको छ ।   

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १३:४६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij