Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

संसारकै धनी बेजोसले सार्वजनिक गरे पहिलो पटक महिलालाई चन्द्रमा लैजाने रकेट 

संसारकै धनी बेजोसले सार्वजनिक गरे पहिलो पटक महिलालाई चन्द्रमा लैजाने रकेट 


  • 10.1K
    Shares

    संसारकै धनी बेजोसले सार्वजनिक गरे पहिलो पटक महिलालाई चन्द्रमा लैजाने रकेट 
    images

    संसारकै अग्रणी अनलाइन कम्पनी अमेजनका संस्थापक जेफ बेजोसको एर‍ोस्पेस कम्पनी ‘ब्लू ओरिजिन’ले पहिलो पटक महिलालाई चन्द्रमा लैजाने तयारी गरिरहेको छ । 

    एरोस्पेसले पहिलो महिला अन्तरिक्ष यात्रीलाई चन्द्रमा लैजाने रकेट इन्जिनको परीक्षण धमाधम अघि बढाइरहेको टेक हिन्दुस्तानले बताएको छ ।  

    यसैबीच जेफ बेजोसले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सो रकेट इन्जिनको सानो झलक देखाउने एक भिडिओ पोस्ट गरेका छन् । 

    संसारकै धनाढ्य शुक्रबार बेजोसले सार्वजनिक गरेका भिडिओमा रकेट इन्जिनबाट आगोको ज्वाला निस्किरहेको देखिन्छ। यो भिडिओ अलबामास्थित हन्ट्सभिलमा नासाको अन्तरिक्ष उडान केन्द्रमा चलिरहेको परीक्षणको क्रममा खिचिएको थियो ।

    भिडिओको तल बेजोसले क्याप्सनमा लेखेका छन्, "यस ‘बिइ–७’ इन्जिनले पहिलो पटक महिलालाई चन्द्रमामा लानेछ ।" उनका अनुसार यो इन्जिन दि हजार पाउन्ड फोर्सका साथ निर्माण गरिएको हो र यो चन्द्रमामा दुई हजार पाउन्ड फोर्स सम्मको गहिराइमा जान सक्छ । यसमा भएको फोर्सले गर्दा इन्जिन गुरुत्वाकर्षण शक्तिबाट केही असर नभई चन्द्रमामा अवतरण गर्न सक्छ । 

    बेजोसको ब्लू ओरिजिन कम्पनीले नासाको मानव ल्यान्डिङ प्रणाली (एचएलएस)का लागि ‘बिइ–७’ इन्जिन बनाइरहेको हो । सन् २०२४ सम्म मान्छेलाई चन्द्रमा पुर्‍याउने नासाको ‘अर्टेमिस प्रोगाम’ अन्तर्गत यो काम भइरहेको छ । ब्लू ओरिजिनले चन्द्रमा अवतरण प्रणाली तयार गर्न गत वर्षदेखि नासासँग सहकार्य गरिरहेको हो । एजेन्सी

    प्रकाशित मिति :मंसिर २१ २०७७ आइतवार - १४:०७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij