Logo

२०८२ कार्तिक २ गते आइतवार

२०८२ कार्तिक २ गते आइतवार

लकडाउन छल्न यी जोडीले गरे विमानमै विवाह, १६० जना पाहुना (भिडियोसहित)

लकडाउन छल्न यी जोडीले गरे विमानमै विवाह, १६० जना पाहुना (भिडियोसहित)


  • 10.4K
    Shares

    लकडाउन छल्न यी जोडीले गरे विमानमै विवाह, १६० जना पाहुना (भिडियोसहित)
    images

    काठमाडौं । भारतमा कोरोना संक्रमण बढ्दै जाँदा यसको रोकथाम तथा नियन्त्रणको लागि लकडाउन गरिएको छ । लकडाउनमा धेरै जना भेला हुन नपाइने नियम पनि लगाइएको छ । 

    तर भारतका एक जोडीले भने धेरै पाहुनाकाबीच धुमधामले विवाह गरेका छन् । सुन्दा अचम्म लाग्ला, तर भारतको तमिलनाडुमा आइतबार एक जोडीले लकडाउनमा पनि १६० जना पाहुनाहरूसँगै विवाह गरेका छन् । 

    तमिलनाडुमा ५० जनाभन्दा बढी भेला हुन नपाउने नियम लगाइएको छ । तर राकेश र दक्षिणाले मदुरैबाट स्पाइसजेट विमानलाई चार्टरमा उडाएर विवाह गरेका छन् । उक्त विवाहमा १६० जना पाहुनाहरु थिए । 

    मदुरै मीनाक्षी अम्मा मन्दिरको ठीक माथि बोइङ ७३७ विमानमा आकाशमै विवाह गरेका हुन् । अहिले यस विवाहको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

    भिडियो हेर्नको लागि तल दिइएको लिंकमा क्लिक गर्नुहोस् :

    https://twitter.com/i/status/1396465757505028108

    प्रकाशित मिति :जेठ १२ २०७८ बुधवार - १४:१२:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij