Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

मंगलबार गणेश भगवानको पूजा गर्दै हुनुहुन्छ ? जप्नुहोस् यी मन्त्र

मंगलबार गणेश भगवानको पूजा गर्दै हुनुहुन्छ ? जप्नुहोस् यी मन्त्र


  • 12.4K
    Shares

    मंगलबार गणेश भगवानको पूजा गर्दै हुनुहुन्छ ? जप्नुहोस् यी मन्त्र
    images

    हिन्दूधर्मशास्त्र अनुसार, मंगलबार गणेश भगवानको पूजाआराधना गरिन्छ । साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ ।

    यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन । सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ ।

    हिन्दू धर्म अनुसार भगवान् गणेशलाई सर्वश्रेष्ठ देवताको रुपमा मान्ने गरिन्छ । गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायकको रुपमा पूजा गर्ने गरिन्छ ।

    विशेष गरेर गणेश भगवानको पूजा मंगलबार हुने गरे पनि हरेक दिन सबैभन्दा पहिले गणेशजीको पूजा गरेपछि मात्र अन्य देवतालाई पूज्ने चलन रहिआएको छ ।

    मंगलबार भगवान गणेशको नाममा वर्त बस्ने र मन्दिर गएर विधिवत रुपमा गणेशजीको पूजा गर्ने गर्छन् । मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले यसको खराब प्रभावलाई जोगाउनको लागि पनि यस दिन ब्रत बसी विधिवत रुपमा भगवान गणेशको पूजा आराधना गर्ने गरिएको हो ।

    भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने केही मन्त्रहरु

    यी ११ मन्त्रहरु जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ ।

    १ श्री गणेशाय नमः २ – ॐ श्री गणेशाय नमः ३ – गं गणपतये नमः

    ४ – ॐ गं गणपतये नमः ५ – ॐ गं ॐ गणाधिपतये नमः

    ६ – ॐ सिद्धि विनायकाय नमः  ७ – ॐ गजाननाय नमः

    ८ – ॐ एकदंताय नमो नमः ९ – ॐ लंबोदराय नमः

    १० – ॐ वक्रतुंडाय नमो नमः ११ – ॐ गणाध्यक्षाय नमः

    प्रकाशित मिति :जेठ ११ २०७८ मंगलवार - ०६:०९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij