Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कौशलटारमा कार दुर्घटना : एक युवतीको मृत्यु, तीन घाइते

कौशलटारमा कार दुर्घटना : एक युवतीको मृत्यु, तीन घाइते


  • 9.2K
    Shares

    कौशलटारमा कार दुर्घटना : एक युवतीको मृत्यु, तीन घाइते

    भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य तीन सामान्य घाइते भएका छन् ।

    भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च ४७५६ नंको कार आज कौशलटारको बीच सडकको फलामे रेलिङ भाच्दै सडक छेउमा रहेको सिमेन्टको पोलमा ठोक्की पल्टिएको थियो ।

    दुर्घटनामा कारमा सवार काठमाडौँ महानगरपालिका–४ धुम्बाराही पिपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको छ । चार जना सवार उक्त कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

    उहाँले घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेर घाइते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल पु¥याइएको बताउनुभयो । घाइते श्रेष्ठको अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको जनाएका थिए ।

    घटनापछि फरार रहेका कारका चालक मध्यपुरथिमि–१ लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्कीलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।

    सोही कारमा सवार रहेका मध्यपुरथिमि–५ राधेराधे बस्ने २६ वर्षीय विजय देउजा र सूर्यविनायक नगरपालिका–४ दधीकोट गाम्चा बस्ने २७ वर्षीय सुदीप थापालाई घटनाबारे प्रहरीले सोधपुछ गरिरहेको छ ।

    दुर्घटनापछि कारमा सवार ती तीन जनाले नै घाइते युवतीको अवस्था हेरेर मृत्यु भएको भन्दै छाडेर फरार भएका र प्रहरीले खोजी गर्ने क्रममा नियन्त्रणमा लिइ अनुसन्धानमा अगाडि बढाएको जनाइएको छ । 

    प्रकाशित मिति :मंसिर २१ २०७७ आइतवार - १२:१०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij