Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

आठ महिनामा नेपालको वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब पुग्यो

आठ महिनामा नेपालको वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब पुग्यो


  • 498
    Shares

    • images
    आठ महिनामा नेपालको वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब पुग्यो

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार १३.५५ प्रतिशत बढेर सो स्थानमा पुगेको हो । 

    यसमध्ये १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँको आयात तथा १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्यांक छ । 

    १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको आयात भएको छ । गत वर्षको सोही अवधिको आयातको तुलनामा १२.५४ प्रतिशत बढी हो । गत वर्षको यही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोडको आयात भएको थियो । फागुन महिनामा मात्रै १ खर्ब ६५ अर्ब ७६ करोड रुपैयाँ बराबरको आयात भएको छ । 

    फागुन मसान्तसम्म नेपालले १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २०.८३ प्रतिशतले बढी हो । 

    तथ्याङ्क अनुसार आयात-निर्यात अनुपातमा भने केही सुधार देखिएको छ। अघिल्लो वर्ष १ रुपैयाँ बराबरको निर्यात गर्दा ७.२४ रुपैयाँ बराबरको आयात हुने गरेकोमा यस वर्ष सो अनुपात घटेर ६.७५ रुपैयाँ कायम भएको छ।

    कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्ष १२.१३ प्रतिशत रहेकोमा यस वर्ष बढेर १२.९१ प्रतिशत पुगेको छ। त्यस्तै, आयातको हिस्सा ८७.८७ प्रतिशतबाट सामान्य घटेर ८७.०९ प्रतिशतमा झरेको छ।

     

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १५:३७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij