Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

कतारको सैन्य हेलिकप्टर समुद्री क्षेत्रमा दुर्घटना

कतारको सैन्य हेलिकप्टर समुद्री क्षेत्रमा दुर्घटना


  • 722
    Shares

    • images
    कतारको सैन्य हेलिकप्टर समुद्री क्षेत्रमा दुर्घटना

    काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बिच कतारको सैन्य हेलिकप्टर देशको समुद्री क्षेत्रमा दुर्घटना भएको छ।

    कतारको रक्षा मन्त्रालयले आफ्नो एउटा हेलिकप्टर ‘प्राविधिक खराबी’का कारण कतारको जल क्षेत्रमा दुर्घटना भएको बताएको हो।

    सरकारी सञ्चारमाध्यममा जारी विज्ञप्तिमा रक्षा मन्त्रालयले हेलिकप्टरका चालक दल र अन्य यात्रुको खोजी तथा उद्धार अभियान सुरु गरिएको बताएको छ।

    कतारका अधिकारीहरूले दुर्घटनाका बेला हेलिकप्टर ‘नियमित ड्युटी’मा रहेको बताएका छन्।
    दुर्घटनाबारे विस्तृत जानकारी आइसकेको छैन। 

    अमेरिका(इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलगायत शीर्ष नेता तथा अधिकारीको हत्या गरेयता निरन्तर युद्ध जारी छ। 

     

    प्रकाशित मिति :चैत्र ८ २०८२ आइतवार - १२:१३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij