Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

रूसमा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु, ९५ प्रतिशत प्रभावकारी

रूसमा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु, ९५ प्रतिशत प्रभावकारी


  • 8.1K
    Shares

    • images
    रूसमा कोभिड–१९ विरुद्ध खोप अभियान सुरु, ९५ प्रतिशत प्रभावकारी
    images

    रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोनाभाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ ।

    कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको स्वदेशमै निर्मित स्पुत्निक–५ खोपको प्रयोग भइरहेको छ ।

    खोप विकासमा संलग्न अधिकारीहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको र यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको बताएका छन् ।

    खोपको रूस लगायतका स्थानमा सामूहिक परीक्षण तथा अनुसन्धान भइरहेको छ । दुई पटक लगाउनुपर्ने खोप लिन हजारौँ सर्वसाधारणहरूले आफ्नो नाम दर्ता भएका छन् ।

    मस्को नगरप्रमुख सर्गे सोब्यानिनका अनुसार एक करोड ३० लाख जनसङ्ख्या रहेको मस्कोमा विद्यालय, स्वास्थ्य क्षेत्र र सामाजिक कार्यमा संलग्न मानिसहरूलाई प्राथमिकतामा राखी खोप सेवा उपलब्ध गराइराखिएको छ ।

    पछिल्लो ३० दिनमा कुनै सुई लगाएका वा श्वासप्रश्वासमा समस्या भएकाहरूलाई खोप नदिइने उनले बताए । उनले दीर्घरोगी, गर्भवती र स्तनपान गराइरहेका महिलालाई पनि खोपको प्रारम्भिक अभियानमा सम्लग्न नगराइने बताइएको छ । एजेन्सी

    प्रकाशित मिति :मंसिर २१ २०७७ आइतवार - ११:३६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij