Logo

२०८२ कार्तिक २ गते आइतवार

२०८२ कार्तिक २ गते आइतवार

यौनकर्मीसँग यौन सम्बन्धको क्रममा स्वास्थ्यकर्मीको मृत्यु, यौनकर्मी देश छाडेर भागिन्

यौनकर्मीसँग यौन सम्बन्धको क्रममा स्वास्थ्यकर्मीको मृत्यु, यौनकर्मी देश छाडेर भागिन्


  • 9.3K
    Shares

    यौनकर्मीसँग यौन सम्बन्धको क्रममा स्वास्थ्यकर्मीको मृत्यु, यौनकर्मी देश छाडेर भागिन्
    images

    व्यवसायिक यौनकर्मीसँग यौन सम्बन्धको क्रममा एक स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । नाइजेरियाको लागोसको अकेसान रोडमा रहेको एक वेश्यालयको एउटा कोठामा ४० वर्षका फार्मासिस्ट बासे असुकोको मृत शरीर फेला परेको द स्ट्रिट जर्नलले लेखेको छ ।

    मृतकले एक व्यवसायिक यौनकर्मीसँग यौन सम्बन्ध राखेपछि ढलेको बताइएको छ । बासे अघिल्लो राती १० बजेको समयमा बारमा केही मदिरा पिएपछि वेश्यालयमा गएको बताइएको छ ।

    वेश्यालय प्रबन्धनले खबर गरेपछि इगाण्डो डिभिजनका पुलिसकर्मी घटनास्थल पुगेका थिए जहाँ बासेको मृत शरीरलाई हेर्न मानिसहरुको भीड लागेको थियो । घटनास्थलमा एक चुरोटको प्याकेट, एउटा इन्हेलर र दाग लागेको कट्टु बरामद भएको छ । उनको साथमा रहेकी व्यवसायिक यौनकर्मी भने फरार भइसकेकी थिइन् ।

    रिपोर्टका अनुसार भागेकी यौनकर्मी महिलाले होटलका म्यानेजरसँग फोनमा सम्पर्क गरेकी थिइन् । उनले फोनमा बासेलाई सास फेर्न समस्या भएको उनले इन्हेलर लिने प्रयास गरिरहेको तर सफल हुन नसकी उनको मृत्यु भएको महिलाले म्यानेजरलाई बताएकी थिइन् ।

    उनलाई यसबारे थब बताउन अल्झाउने प्रयास गरे पनि त्यो प्रयास सफल हुन सकेन किनकि उनले म्यानेजरलाई आफू गिरफ्तारीबाट बच्न देशको सीमा पार गरेर भाग्न लागेको बताएकी थिइन् । वेश्यालयका २ जना कर्मचारीलाई पक्राउ गरिएको छ । मृतकका परिवारले अन्तिम संस्कारको लागि शव लिन आवश्यक प्रक्रिया पूरा गर्दैछन् ।

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - १६:२२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij