Logo

२०८३ श्रावण २९ गते शुक्रवार

२०८३ श्रावण २९ गते शुक्रवार

रुकुमको नयाँ सपना पूरा गर्ने जनार्दन शर्माको संकल्पः ‘म कामदार हुँ, जनता मालिक’

रुकुमको नयाँ सपना पूरा गर्ने जनार्दन शर्माको संकल्पः ‘म कामदार हुँ, जनता मालिक’


  • 1.1K
    Shares

    रुकुमको नयाँ सपना पूरा गर्ने जनार्दन शर्माको संकल्पः ‘म कामदार हुँ, जनता मालिक’
    images

    काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माले रुकुमको समृद्धिका लागि ‘नयाँ सपना’ पूरा गर्न आफू तयार रहेको बताए ।  

    उनले विगतमा ५० रुपैयाँ तिरेर फोन चार्ज गर्नुपर्ने अवस्थाबाट रुकुम अहिलेको सहज अवस्थामा आइपुगेको स्मरण गराए । शर्माले रुकुममै ३ सय शैय्याको सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने आफ्नो मुख्य योजना रहेको बताए। 

    यस परियोजनाले रुकुम मात्र नभई छिमेकी जिल्लाहरू जाजरकोट, सल्यान, रोल्पा र पूर्वी सुर्खेतका जनतालाई समेत लाभ पु¥याउने उनको दाबी छ । यसका लागि मध्यपश्चिम विश्वविद्यालयसँग समन्वय भइरहेको समेत उनले जानकारी दिए। 

    युवाहरूको रुचिलाई ध्यानमा राख्दै क्रिकेट लगायतका खेल मैदान निर्माण गर्ने र खेलकुदलाई व्यवसायका रूपमा अघि बढाउने प्रतिवद्धता पनि उहाँले व्यक्त गरे । उनले एक घर एक धाराको अभियानलाई पूर्णता दिने र सुशासनयुक्त समाज निर्माण गर्ने कुरामा जोड दिए। 

    मतदाताहरूसँग मत माग्दै शर्माले आफूलाई जनताको ‘कामदार’ र जनतालाई ‘मालिक’ को संज्ञा दिए ।  

    images
    प्रकाशित मिति :फाल्गुण १४ २०८२ बिहिवार - १४:३५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij