Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

पाल्पामा महिला उमेदवारको फरक एजेन्डा

पाल्पामा महिला उमेदवारको फरक एजेन्डा


  • 498
    Shares

    पाल्पामा महिला उमेदवारको फरक एजेन्डा

    काठमाडौं । यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति प्रत्यक्षतर्फका उमेदवारहरू विकास र समृद्धिलाई प्रमुख एजेन्डा बनाएर प्रतिस्पर्धामा छन् । तर, फरक मुद्दा लिएर चुनावी मैदानमा होमिएकी छिन्, पाल्पा–१ की महिला उमेदवार नरमती सिंजाली । 

    महिला सशक्तीकरणलाई प्रमुख एजेन्डा बनाएर पितृसतात्मक सोच परिवर्तन गर्न भन्दै उनी मत मागिरहेकी छन् । उनी मत माग्दै गाउँगाउँ पुगेकी छन् । सिंजाली राष्ट्रिय जनमोर्चाका तर्फबाट उमेदवार छिन् । गरिब, निमुखावर्गको हकहितसँगै महिला पछाडि रहनुको कारणलाई चिर्न आफ्नो उमेदवारी रहेको सिंजाली बताउँछिन् ।

    उनी भन्छिन्, “महिला–पुरुषले गर्ने काम समान भए पनि ज्यालामा विभेद छ । महिलालाई काम लगाउन नै विभेद गरिन्छ । महिलाको समस्या समाधानका लागि, दाइजो प्रथा, महिला हिंसा न्यूनीकरण, बालविवाह, छाउपडी प्रथा अन्त्य गर्न मेरो उमेदवारी हो । महिला ५२ प्रतिशतभन्दा बढी छन्, प्रतिनिधित्व ३३ प्रतिशत मात्र । ५२ प्रतिशत नै सहभागिताका लागि मेरो उमेदवारी हो ।”

    सिंजाली पाल्पा–१ मा प्रतिस्पर्धा गर्ने यसपालि एक्ली महिला उमेदवार हुन् । पाल्पा–२ मा उनीजस्तै नेपाल मजदुर किसान पार्टीबाट कृष्णशोभा मुस्याख्व एक्ली महिला उमेदवार छिन् । तर, पाल्पामा मुस्याख्व र उनको दलको उपस्थिति देखिएको छैन ।

    “शिक्षा, तालिम, महिला सशक्तीकरण तथा जनजातिलाई कसरी अगाडि ल्याउने भनेर पनि म उमेदवार बनेको हो,” सिंजालीले भनिन्, “हरेकपटकको निर्वाचनमा पूर्वाधार विकासलाई नै प्रमुख एजेन्डा बनाइन्छ, तर महिलाको सहभागिता र उनीहरूका विषयलाई स्थान दिन कन्जुस्याइँ गरिन्छ ।”

    महिला अझै आत्मनिर्भर हुन नसकेका र उनीहरूका आवाज संसद्मा पुर्‍याउन आफूले उमेदवारी दिएको उनले बताइन् ।

    प्रतिनिधिसभा सदस्यतर्फ दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा ६ स्वतन्त्रसहित २९ उमेदवार प्रतिस्पर्धामा छन् । पाल्पा–१ मा चार स्वतन्त्रसहित १३ उमेदवार छन् । पाल्पा–२ मा दुई स्वतन्त्रसहित १६ उमेदवार चुनावी मैदानमा छन् ।

    प्रकाशित मिति :फाल्गुण १४ २०८२ बिहिवार - १२:३३:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij