२०८२ फाल्गुण २४ गते आइतवार
काठमाडौं । पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा जलेर ध्वस्त भएको आफ्नो निजी निवास पहिलो पटक अवलोकन गरेकी छन् ।
बिहीबार बिहान बुढानीलकण्ठ-२ पुगेर पूर्वराष्ट्रपति भण्डारीले जलेको निवासका संरचनाको अवलोकन गरेकी हुन् ।
भदौ २४ गतेको आन्दोलनमा आन्दोलनकारीले सरकारी तथा निजी संरचना जलाउँदा भण्डारीको निवास पनि जलाएका थिए ।
निवासमा आगलागी भएपछि भदौ २४ गते नै उनलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेका थिए । त्यसयता उनी बालुवाटारस्थित छोरीको निवासमा बस्दै आएकी छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij