Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

भेरीमा बेपत्ता २१ वर्षीया पुष्पाको शव फेला

भेरीमा बेपत्ता २१ वर्षीया पुष्पाको शव फेला


  • 743
    Shares

    भेरीमा बेपत्ता २१ वर्षीया पुष्पाको शव फेला

    काठमाडौं । गत शुक्रबार भेरी नदीमा बेपत्ता भएकी २१ वर्षीय पुष्पा सिंहको शव फेला परेको छ । सल्यान प्रहरीका अनुसार, बिहीबार सुर्खेत गुर्भाकोट नगरपालिका-९, पोखरे स्थित भेरी नदीको किनार शव भेटिएको हो ।  

    दाङको तुलसीपुर उपमहानगरपालिका–६ बरुवा गाउँकी पुष्पाको माइतीघर सल्यानको बनगाड कुपिण्डे नगरपालिका-६ सुनौली हो । गत शुक्रबार दिउँसो १२ बजेतिर सोही नगरपालिकाको वडा नम्बर १ को जडागौडास्थित भेरी नदी माथि रहेको पक्की पुलबाट उनी नदीमा हाम फालेको बताइएको छ । 

    उनका श्रीमान् त्रिदेव मल्लले फोन गरेर इलाका प्रहरी कार्यालय देवस्थलमा जानकारी गराएका थिए ।    

    प्रकाशित मिति :फाल्गुण १४ २०८२ बिहिवार - ११:३८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij