Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु


  • 575
    Shares

    पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं । पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आज बिहान रैनादेवी छहरा गाउँपालिका–१ स्थित भित्री कच्ची सडक खण्डमा दुर्घटना भएको हो। 

    सिद्देश्वरबाट सन्देवातर्फ जाँदै गरेको लु २ ख २००१ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा गम्भीर घाइते भएका चालक रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी बस्ने ४८ वर्षीय खिमबहादुर सोमईलाई तत्काल प्रहरी टोलीले उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाएको थियो। 

    अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरिएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

     

    प्रकाशित मिति :फाल्गुण १४ २०८२ बिहिवार - १०:२९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij