Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

यस्तो रहनेछ आज देशभरको मौसम

यस्तो रहनेछ आज देशभरको मौसम


  • 694
    Shares

    यस्तो रहनेछ आज देशभरको मौसम

    काठमाडौँ । आज तराईका भूभागका केही स्थानमा बिहान हुस्सु लाग्ने भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा भने साधारणतया बादल लाग्नेछ।

    पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा र बाँकी प्रदेश को पहाडी र हिमाली भू(भागका एक(दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

    आज राति तराई भूभागका थोरै स्थानमा तुवाँलो रहनेछ। देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    प्रकाशित मिति :फाल्गुण १४ २०८२ बिहिवार - ०७:३५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij