२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । धादिङमा भएको बस दुर्घटनामा परेर घाइते भएका एकजना यात्रुको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका-६ घर भएका ४५ वर्षीय घनश्याम सुवेदी रहेका छन् । उपचारको क्रममा उनको ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले बताएका छन् ।
फागुन ११ मा बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिको चरौदी नजिक ग।२ ख १४२१ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij