Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

पर्सामा हटाइयाे कर्फ्यु, निषेधाज्ञा लगाइयो

पर्सामा हटाइयाे कर्फ्यु, निषेधाज्ञा लगाइयो


  • 505
    Shares

    पर्सामा हटाइयाे कर्फ्यु,  निषेधाज्ञा लगाइयो

    काठमाडौं । पर्सामा कर्फ्यु हटाएर निषेधाज्ञा लगाइएको छ । सोमबारको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अपराह्न साढे ४ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश हटाइएको हो ।

    परिस्थिति पूर्ण रूपमा सामान्य नभएकाले वर्तमान अवस्था समेतलाई मध्यनजर गरी वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा बेलुकी ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञाको आदेश जारी गरिएको छ। 

    उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने छ । आइतबार साँझ हिन्दु र मुस्लिम समुदायकोबिचमा झडपपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालले कर्फ्यु आदेश जारी गरेका थिए ।  

    634307897_806198161763904_2319476327515956672_n-(2)_RLyPkLcAqW.jpg

     

    प्रकाशित मिति :फाल्गुण ११ २०८२ सोमवार - १७:४१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij