Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश


  • 932
    Shares

    दुर्गा प्रसाईंको रिटमा सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन मुद्दाको फाइल झिकाउन आदेश जारी गरेको छ । 

    सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी मेघराज पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको कार्यालयबाट फाइल झिकाउन आदेश जारी गरेको हो । 

    प्रसाईंका तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका क्रममा जिल्ला प्रहरी परिसरले पठाएको लिखित जवाफका आधारमा फाइल झिकाउने आदेश गरेको हो ।

    यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो ।

     

    प्रकाशित मिति :फाल्गुण ११ २०८२ सोमवार - १७:२८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij