Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

गोरखा–१ मा कांग्रेसका उम्मेदवारको जीतको आधार थप मजबुत भएको दावी

गोरखा–१ मा कांग्रेसका उम्मेदवारको जीतको आधार थप मजबुत भएको दावी


  • 1.3K
    Shares

    गोरखा–१ मा कांग्रेसका उम्मेदवारको जीतको आधार थप मजबुत भएको दावी

    गोरखा । गोरखा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्री लगातार जनताको भरोसाको केन्द्र बन्दै जीतको आधार थप मजबुत हुदैं गएको दावी गरेका छन्। भाषणभन्दा कामलाई प्राथमिकता दिने उनको व्यवहार र नाराले मतदातामा आकर्षण दिनप्रतिदिन बढ्दै गएको खत्री बताउछन्।

    उम्मेदवार खत्रीले संभव नेपाल संस्था मार्फत शिक्षा, स्वास्थ्य, महिला–युवा सशक्तिकरण, संस्कृति र रोजगारीका क्षेत्रमा पुर्‍याएको ठोस योगदानले गोरखावासीले प्रत्यक्ष अनुभूति गरेका छन्। स्वास्थ्य तथा सामाजिक सुरक्षामा उनले १३ वटा एम्बुलेन्स वितरण, दुर्गम बस्तीमा स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क जाँच तथा औषधि सेवा उपलब्ध गराएका छन्। २५ हजार महिलालाई ‘ज्थनष्भलभ प्ष्तक’ वितरण, खानेपानी योजना सञ्चालन, भूकम्प र कोरोना महामारीमा उद्धार तथा राहत कार्य पनि पनि उनले बताए।

    विपन्न परिवारका लागि ७९ घर निर्माण गरी हस्तान्तरण गरिएको र ७ वटा स्वास्थ्य चौकीमा सुविधासम्पन्न ल्याब र आवश्यक सामग्री उपलब्ध गराइएको उनको कार्यपत्रमा उल्लेख छ।

    शिक्षा क्षेत्रमा पनि उनले ३० हजारभन्दा बढी विद्यार्थीलाई पोसाक, जुत्ता, झोला तथा स्टेशनरी वितरण गरिएको र आर्थिक रूपमा कमजोर बालबालिकालाई उच्च शिक्षा र आवासीय विद्यालय भवन निर्माणमा निरन्तर सहयोगका साथै विभिन्न विद्यालयमा विद्यार्थी हितका लागि अक्षयकोष स्थापना गरिएको गर्दै आएको उनी बताउछन् । 

    महिला र युवा सशक्तिकरणतर्फ १५० महिला समूहलाई आयआर्जन, नेतृत्व विकास र आत्मनिर्भरता प्रवर्द्धनमा सहयोग पुर्र्याउनुका साथै १०५ युवा क्लबलाई खेलकुद सामग्री र आर्थिक सहायता प्रदान गरी नेतृत्व विकासमा जोड दिइएको पनि यस अघि गरेको काममा उल्लेख गरेका छन्।

    संस्कृति र रोजगारी प्रवर्द्धनतर्फ पञ्चेबाजा, खैजडी भजनजस्ता मौलिक कला संरक्षण र कफी खेतीमार्फत ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने स्वरोजगार सिर्जना अभियान समेत अघि बढाइएको स्थानिय मतदाताहरु बताउछन्।

    स्थानीय राजनीतिक अवस्था, कांग्रेसको परम्परागत मताधार र उम्मेदवारको बढ्दो लोकप्रियता हेर्दा कांग्रेस उम्मेदवारको जित्ने सम्भावना ५५–६५ प्रतिशतभन्दा माथि आँकलन गरिएको उनको सचिबालय बताउछन्। 

    आगमी चुनाबमा कांग्रेसले देशैभर १०० भन्दा बढी नयाँ अनुहारलाई पार्टीमा उभ्याउनु साथै कांग्रेस सभापती तथा भाबी प्रधानमत्री को रुपमा हेरिएका  नेता गगन थापाको नेतृत्वमा कांग्रेसले आम मतदाताको भरोसा बढाएको देखिन्छ। 

    गोरखावासीको नजरमा प्रेमकुमार खत्री केवल राजनीतिक नेता मात्र नभई, जनताको भरोसायोग्य अभिभावकका रूपमा स्थापित भइसकेको उनी निकट कार्यकर्ताहरु बताउछन्।

    प्रकाशित मिति :फाल्गुण १० २०८२ आइतवार - १८:५९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij