Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

स्वास्थ्य बीमाका लागि मन्त्रालयले गर्‍यो २२ शीर्षकबाट ७५ करोडभन्दा बढी रकमान्तर

स्वास्थ्य बीमाका लागि मन्त्रालयले गर्‍यो २२ शीर्षकबाट ७५ करोडभन्दा बढी रकमान्तर


  • 505
    Shares

    स्वास्थ्य बीमाका लागि मन्त्रालयले गर्‍यो २२ शीर्षकबाट ७५ करोडभन्दा बढी रकमान्तर

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालु कार्यक्रमबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरेर आर्थिक संकटमा परेको स्वास्थ्य बीमा कार्यक्रम बचाउने प्रयास सुरु गरेको छ ।

    स्वास्थ्य बीमा बोर्डलाई जोगाउन २२ शीर्षकबाट ७५ करोड ९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

    मन्त्रालयले आर्थिक वर्षको चालु बजेटबाट रकमान्तर गर्न सक्छ । त्यही प्रावधान अनुरूप कम महत्त्वपूर्ण शीर्षकका लागि छुट्ट्याइएको रकम रकमान्तर गरिएको जानकारी प्रवक्ता बुढाथोकीले दिए ।

    बीमा बोर्ड सेवा प्रदायक अस्पताललाई भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको छ । बोर्डले भुक्तानी रोकेपछि धेरै अस्पतालले स्वास्थ्य बीमाका कार्यक्रम रोकेका छन् । त्यसपछि मन्त्रालयले यसबारे चासो देखाएर चालु आर्थिक वर्षका विभिन्न कार्यक्रम कटौती गर्दै स्वास्थ्य बीमा बोर्डमा रकमान्तर गरेको हो ।

    बोर्डले अहिलेसम्म सेवा प्रदायक अस्पताललाई तिर्न ११ अर्व रुपैयाँ बराबरको दायित्व छ । त्यो दायित्व प्रत्येक महिना २ अर्बका दरले थपिँदै जाने अवस्था रहेको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए ।

    स्वास्थ्य बीमाको भुक्तानी नपाउँदा आर्थिक संकटमा परेको भन्दै ठुला सरकारी अस्पतालहरूले बीमा कार्यक्रमबाट हात झिक्न सुरु गरेपछि दबाबमा परेको मन्त्रालयले थोरै रकम भए पनि रकमान्तर गरेर बचाउने प्रयास थालेको हो ।

    मन्त्रालयको निर्णयानुसार अर्थ मन्त्रालयले रकम रकमान्तर गरेर स्वास्थ्यमा पठाइसकेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले रकमान्तरमा ५ लाखदेखि ५० करोड रुपैयाँसम्मका शीर्षक समेटिएका र यी कार्यक्रम काटिँदा ठुलो असर नपर्ने जानकारी दिए । 

    प्रकाशित मिति :फाल्गुण ८ २०८२ शुक्रवार - १५:१४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij