Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

बालेनले नागरिकता कीर्ते गरेको आरोप, उनी विरुद्ध प्रहरीमा जाहेरी दर्ता

बालेनले नागरिकता कीर्ते गरेको आरोप, उनी विरुद्ध प्रहरीमा जाहेरी दर्ता


  • 1.2K
    Shares

    बालेनले नागरिकता कीर्ते गरेको आरोप,  उनी विरुद्ध प्रहरीमा जाहेरी दर्ता

    काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह विरुद्ध नागरिकता किर्ते गरेको आरोप लागेको छ। जिल्ला प्रहरी परिसर, भद्रकालीमा उनी विरुद्ध जाहेरी दर्ता समेत भइसकेको छ।

    बालेनले आफ्नो वास्तविक थर र पहिचान लुकाएर उच्च जातीय लाभ लिन सरकारी कागजातमा अनधिकृतरुपमा थर परिवर्तन गरेको जाहेरीमा उल्लेख छ। उक्त जाहेरीमा उनका बुबा र दाइको पुरानो नागरिकता तथा बसाइ–सराइका कागजातका आधारमा उनले ‘साह’ थरको सट्टा ‘शाह’ कायम गरेको आरोप छ।

    बालेनले २०६३ साल पुस ६ गते महोत्तरीबाट नागरिकता प्रमाणपत्र लिएका थिए। तर, मेयर पदमा बहाल भएपछि २०७९ साल असार १९ गते काठमाडौंबाट पहिलो प्रतिलिपि लिँदा थर परिवर्तन गरेका हुन्। पहिलो नागरिकतामा साह थरबाट नागरिकता लिएका उनले प्रतिलिपिमा भने शाह थर बनाएर बनाएर नागरिकता लिएको जाहेरीमा उल्लेख छ।

    उनका दाजु कौशलेन्द्र साहको नागरिकतामा भने ‘साह’ नै उल्लेख भएकाले परिवारभित्रै थर फरक देखिएको छ।

    नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०६३ को दफा १२ र १७ अनुसार झुटो विवरण दिई नागरिकता लिएको प्रमाणित भएमा नागरिकता रद्द हुन सक्ने तथा सामान्य त्रुटि मात्र सच्याउन सकिने प्रावधान छ।

    प्रकाशित मिति :फाल्गुण ६ २०८२ बुधवार - १२:५१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij