Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

ओलीले झापा ५ मा आज चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने

ओलीले झापा ५ मा आज चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने


  • 351
    Shares

    ओलीले झापा ५ मा आज चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने

    काठमाडौं । एमालेका अध्यक्ष एवं झापा ५ का उम्मेदवार केपी शर्मा ओलीले आज चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै छन्। 

    आफ्नो क्षेत्रका व्यस्थ ओलीले मंगलबार दिउँसो ३ बजे दमक ९ स्थित अमरसिंह चोकमा प्रतिवद्धता पत्र सार्वजनिक गर्ने तयारी रहेका हुन्।निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार प्रतिवद्धता पत्रमा अध्यक्ष ओलीले आफू विजयी भएपछि झापा ५ क्षेत्रमा गर्ने कामको फेहरिस्त छ। 

    प्रतिवद्धता पत्रमा नेपालमा कम्यूनिष्ट पार्टीको स्थापना, एमालेको नेतृत्वमा गठन भएका सरकारले गरेका राम्रा कामको पृष्ठभूमी, सरकारले थालेका तर अपुरा रहेका योजनाहरुको विस्तृत विवरण समेटिएको दाहालले बताए। 

    अध्यक्ष ओलीले आज दमक ३ स्थित दुम्से, टुकुरे लगायतका ठाउँका मतदातालाई भेट्दैछन्। दमक ८ स्थित संगम चोक, कृष्ण मन्दिर, धनपती मैनालीको घर हुँदै दमक १० स्थित सूर्य चोकमा पनि प्रचारप्रसारको कार्यक्रम राखिएको दाहालले बताए। 

     

    प्रकाशित मिति :फाल्गुण ५ २०८२ मंगलवार - १३:०६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij