Logo

२०८३ बैशाख १९ गते शनिवार

२०८३ बैशाख १९ गते शनिवार

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट, नतिजा कसरी हेर्ने ?

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट, नतिजा कसरी हेर्ने ?


  • 897
    Shares

    सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट, नतिजा कसरी हेर्ने ?

    काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट गरिएको हो। 

    कम्पनीले सर्वसाधारणका लागि गत माघ १८ गतेदेखि माघ २१ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। जसअनुसार सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता आइपीओ बिक्री खुला गरिएको थियो।

    आइपीओमा २४ लाख ५२ हजार ६०२ आवेदकबाट कुल २ करोड ६९ लाख ३२ हजार ८०० कित्ता शेयर माग भएको थियो। जसमा २४ लाख ११ हजार ९२२ आवेदकबाट माग भएको २ करोड ६४ लाख ५३ हजार ४५० कित्ता सदर भएको छ । ४० हजार ६८० आवेदकबाट माग भएको ४ लाख ७९ हजार ३५० कित्ता शेयर बदर भएको छ।

    मागभन्दा बढी आवेदन परेकै करण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ५७ हजार २४३ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने तिनैमध्ये एकजनाले थप १ कित्ता शेयर पाएका छन्। बाँडफाँट नतिजाअनुसार सदर आवेदकमध्ये २३ लाख ५४ हजार ६७९ आवेदकको हात खाली भएको छ।

    सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/ 

    बिक्री प्रबन्धकको वेबसाइट:https://kumaricapital.com/share-details      

    मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login  

    images
    प्रकाशित मिति :फाल्गुण ५ २०८२ मंगलवार - ११:४२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij