Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

एमाले छाडेका जितेन्द्र देवले गरे कांग्रेस फर्केको घोषणा

एमाले छाडेका जितेन्द्र देवले गरे कांग्रेस फर्केको घोषणा


  • 1.1K
    Shares

    एमाले छाडेका जितेन्द्र देवले गरे कांग्रेस फर्केको घोषणा

    काठमाडौं । केही दिनअघि नेकपा एमाले छाडेका जितेन्द्र नारायण देवले नेपाली कांग्रेसमा फर्किएको घोषणा गरेका छन् । 

    देवले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको भरखरै सम्पन्न विशेष राष्ट्रिय महाधिवेशनद्वारा पारित भएको नीति, बिचार, योजना, प्रस्ताव तथा प्रतिवद्धताहरुलाई स्वागत, समर्थन तथा आत्मसात् गर्दै कांग्रेसमा फर्किएको घोषणा गरेका हुन् । 

    उनले विशेष राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित गगन कुमार थापाको नेतृत्वको केन्द्रीय कार्य समितिप्रति पूर्ण प्रतिबद्ध तथा आस्थावान् रहँदै आजैको मितिदेखि आफूसहितका साथीहरू नेपाली कांग्रेसमा फर्केको औपचारिक रूपमा सार्वजनिक घोषणा गरेको जनाएका छन् । 

    संविधान सभा सदस्य समेत रहेका देव कांग्रेसबाट एमाले प्रवेश गरेका थिए तर अहिले पुन उनी एमालेबाट कांग्रेस फर्किएका छन ।

    jitendra.jpg

    images
    प्रकाशित मिति :फाल्गुण ५ २०८२ मंगलवार - १०:१९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij