Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सिन्धुलीमा जिपको ठक्करबाट बालकको मृत्यु, खुर्कोट घुर्मी सडक खण्ड अवरुद्ध

सिन्धुलीमा जिपको ठक्करबाट बालकको मृत्यु, खुर्कोट घुर्मी सडक खण्ड अवरुद्ध


  • 680
    Shares

    सिन्धुलीमा जिपको ठक्करबाट बालकको मृत्यु, खुर्कोट घुर्मी सडक खण्ड अवरुद्ध

    काठमाडौं । सिन्धुलीमा जिपको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलञ्जोर गाउँपालिका-२ का ८ वर्षीय बालक अषिक बयलकोटी रहेका छन् ।

    गोलञ्जोर गाउँपालिकाकै वडा नम्वर-३ लामासोती स्थित मध्यपहाडी लोकमार्गमा ना १ ज ४६२३ नम्बरको जिपको ठक्करबाट बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिपको ठक्करबाट गम्भीर घाइते भएका बालकको गोलन्जोर आधारभूत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

    जिप चालक २७ वर्षीय गोपाल भुजेललाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ । जिपको ठक्करबाट बालकको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयले मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मी सडक खण्ड अवरुद्ध गरेका छन् ।

     

    images
    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - १६:४७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij