२०८२ भाद्र २ गते सोमवार
संयुक्त अरब इमिरेट्स (यूएई)मा कानुनको व्यापक संशोधन भएको छ । पछिल्लो पटको संशोधित कानुनले त्यहाँ पर्यटक, विदेशी व्यवसायी र उद्योगहरुलाई आकर्षित गर्नको लागि पश्चिमी संस्कृतिलाई स्थान दिन विश्वास गरिएको छ ।
संशोधित कानुन अनुसार संयुक्त अरब इमिरेट्स (यूएई)मा अब अविवाहित जोडी एकसाथ बस्न पाउने भएका छन् । यूएईले आफ्नो कानुन संशोधनगर्दै अब अविवाहित जोडी साथमा बस्नका लागि कानुनी रुपमा नै मान्यता दिएको हो ।
यूएईमा लिभिङ टुगेदरलाई लामो समयदेखि अपराध मानिन्थ्यो । यूएई सरकारले जनाए अनुसार नागरिक र प्रवासी नागरिकलाई सकारात्मक र अनुकूल बनाउनका लागि कानुनमा संशोधन गरिएको हो ।
यूएईले आफ्नो कानुन संशोधनगर्दै अब अविवाहित जोडी साथमा बस्नका लागि कानुनी रुपमा नै मान्यता दिएको हो । लामो समयदेखि यूएईमा लिभिङ टुगेदरलाई अपराध मानिन्थ्यो । नागरिक र प्रवासी नागरिकलाई सकारात्मक र अनुकूल बनाउनका लागि कानुनमा संशोधन गरिएको यूएई सरकारले जनाएको छ ।
यूएईमा इस्लामिक कानुन प्रचलनमा छ । तर, त्यहाँको सरकारले यो कानुन क्रमशः परिमार्जित गर्न थालेको छ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij