Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

जसपा नेपालले ल्यायो यस्तो चुनावी घोषणापत्र

जसपा नेपालले ल्यायो यस्तो चुनावी घोषणापत्र


  • 876
    Shares

    जसपा नेपालले ल्यायो यस्तो चुनावी घोषणापत्र

    काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनका लागि जनता समाजवादी पार्टी ९जसपा० नेपालले चुनावी घोषणापत्र ल्याएको छ। 

    शुक्रबार काठमाडौंंमा एक कार्यक्रम आयोजना गरी जसपा नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले घोषणापत्र सार्वजनिक गरेका छन्। 

    जसपा नेपालले ‘संघर्षसँगै समृद्धि’ नारा दिएको छ। घोषणापत्रमा भनिएको छ, ‘जसपा नेपाल यो घोषणापत्र मार्फत यस्तो राज्य मोडल चाहन्छ– जहाँ राज्यको उद्देश्य नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु हो।’

    जसपा नेपालले न्यायपूर्ण सेवा, समान अवसर र पारदर्शी शासनमा जोड दिएको छ। यी तीनै कुरामाफर्त नागरिकलाई राष्ट्र निर्माणमा सक्रिय बनाउन सकिने जसपा नेपालको ठहर छ। 

    यस घोषणपत्र मार्फत समावेशी लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्ने जनाएको छ। घोषणापत्रमा भनिएको छ, ‘प्रस्तावित कार्यक्रमहरूको कार्यान्वयनमार्फत लोककल्याणकारी राज्यको स्थापना गर्दै समतामूलक समाजको निर्माण र समानतामा आधारित समावेशी समाजवादी लोकतान्त्रिक शासन प्रणाली स्थापित गर्ने मूल लक्ष्य जसपा नेपालले राखेको छ।’

     

    प्रकाशित मिति :फाल्गुण १ २०८२ शुक्रवार - १४:४५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij