Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का सम्झौता तोड्ने निर्णय विरुद्धको रिट खारेज

सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का सम्झौता तोड्ने निर्णय विरुद्धको रिट खारेज


  • 533
    Shares

    सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का सम्झौता तोड्ने निर्णय विरुद्धको रिट खारेज

    काठमाडौं । सर्वोच्च अदालतले सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सिभिल संरचनाहरूको ठेक्का सम्झौता तोड्ने सरकारको निर्णयविरुद्ध पटेल-रमण जेभीले दिएको रिट खारेज गरेको छ ।

    न्यायाधीशद्वय हरिप्रसाद फूयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मंगलबार यसअघि जारी भएको अन्तरिम आदेश निरन्तर नहुने आदेश गरेको हो । 

    यसअघि मङ्सिर १० मा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले ठेक्का तोड्ने र बैंक ग्यारेन्टी जफत गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । साथै इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

    सर्वोच्चले रिट खारेज गर्ने आदेशसँगै ठेकेदारले राखेको जमानत जफत गर्ने बाटो खुला गरिदिएको छ । ठेकेदार कम्पनी पटेल-रमण जेभीले कार्यसम्पादन जमानत र अग्रिम भुक्तानीबापत राखेको तीन अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी राखेको थियो ।

     

    images
    प्रकाशित मिति :माघ २८ २०८२ बुधवार - १४:४०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij